भरतपुर चितवन:२०८० जेठ २१
नेपाल मगर महिला संघ जिल्ला समिति चितवनद्वारा तनहुँको घिरिंङ्ग गाउँपालिका-१ पुटगाउँका अति बिपन्न,अशक्त र असहाय ३ घर परिवारलाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेका छन्।
करिब १५ हजार बराबरको सामग्री चामल,तेल,साबुन र विद्यार्थी भाईबहिनीहरुको लागि कपी,कलम लगायतका सहयोग नेपाल मगर महिला संघ जिल्ला समिति चितवनका सदस्य सुमित्रा थापा मगरको नेतृत्व वितरण गरिएको नेपाल मगर महिला संघ चितवनका सचीव लक्ष्मी मगरले जानकारी दिए।



