भरतपुर
नेपाल मगर संघ तथा नेपाल मगर महिला संघ जिल्ला समिती चितवनले,मगर संघ चितवनको कार्यालयमा एक कार्यक्रमको बिच ३ दिने महिला हिंसा तथा क्षमता अभिबृद्दी सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
मगर संघ चितवनका अध्यक्ष ठाकुर सिंह आले मगरले कार्यक्रम जेठ १८ गते बिहिबारबाट सुरु भएको तालिम २० गते शनिबार समापन गरिएको कुरा बताउनुभयो।आले मगरले वर्तमान समयमा चितवनका मगर समुदायलाई महिला हिंसा तथा क्षमता अभिबृद्दी तालिम बाट सचेतना जगाउनुका साथै व्यक्तित्व र नेतृत्व बिकासमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको कुरा जानकारी दिनुभयो।
प्रशिक्षण कार्यक्रममा नेतृत्व तथा उद्द्घोषण तर्फ शिक्षक तथा मगर संघ भरतपुर महानगरपालिकाका अध्यक्ष समेत रहेका चिज कुमार आले मगरले दिनुभएको थियो । बरिस्ठ अधिकबक्ताद्वय फुल माया रानाभाट र रामनाथ घिमिरेले प्रशिक्षण दिनुभएको थियो।प्रशिक्षण कार्यक्रममा कुल ६८ जना सहभागी रहेका थिए।



