प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा भएका गतिविधिबारे प्रतिनिधिसभालाई जानकारी गराए

images
  • 120
    SHARES
  • जेठ २२, २०८० सोमबार
    प्रधानमन्त्री  प्रचण्डले भारत भ्रमणमा भएका गतिविधिबारे प्रतिनिधिसभालाई जानकारी गराए
    images

    काठमाडौं ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणमा भएका गतिविधिबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् । 

    सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई प्रधानमन्त्री प्रचण्डले यही १७–२० जेठमा चारदिन भएको भारतको औपचारिक भ्रमणका विषयमा सदनलाई जानकारी गराएका हुन् । 

    भ्रमणका क्रममा जलविद्युत् परियोजनादेखि पेट्रोलियम पदार्थको पाइपलाइन निर्माण तथा विस्तारबारे सहमति भएको जानकारी गराउँदै उनले सीमा विवाद समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिए । उनले सातवटा दस्तावेजमा हस्ताक्षर भएको जानकारी गराए । रेलमार्गबाट पारवाहन सुरु गरिएकाे उनले बताए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend