विनोद चौधरीको असंसदीय शब्द रेकर्डबाट डिलिट

images
  • 146
    SHARES
  • जेठ २५, २०८० बिहीबार
    विनोद चौधरीको असंसदीय शब्द रेकर्डबाट डिलिट
    images

    २५ जेठ, काठमाडौं 

    सभामुख देवराज घिमिरेले बजेटमाथिको छलफलका क्रममा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले व्यक्त गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाउन निर्देश गरेका छन् ।

    नेपालमा किसानले समयमै मल पाउन नसकेको भन्दै सांसद चौधरीले धान रोपाईं गर्ने बेलामा सरकारले मल ल्याउने तत्परता देखाउने गरेको बताउन ‘जब पर्‍यो राति तब … ‘भन्ने उखान सुनाएका थिए ।

    उखानका नाममा यस्तो शब्द प्रयोग भएको र संसदीय रेकर्डबाट हटाउनुपर्न माग गर्दै महिला सांसदहरुले नियमापत्ति गरेपछि सभामुख घिमिरेले रेकर्डबाट हटाउन निर्देश गरेका हुन् ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend