सरकारलाई सांसद पन्तको चेतावनी: चुरे छुनुभयो भने देशमा आगो बल्छ

images
  • 211
    SHARES
  • जेठ २५, २०८० बिहीबार
    सरकारलाई सांसद पन्तको चेतावनी: चुरे छुनुभयो भने देशमा आगो बल्छ
    images

    काठमाडौं, जेठ २५

    नेकपा एमालेका सांसद रघुजी पन्तले चुरे नचलाउन सरकारलाई चेतावनी दिएका छन् । चुरे चलाए देशमा आगो बल्ने उनले बताए ।  आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेटमाथि संसदमा बिहीबार भएको छलफलमा भाग लिँदै एमाले सांसद पन्तले सरकारको नीति कार्यक्रमदेखि बजेटमा समेत चुरेको ढुंगा गिट्टी निर्यातको योजना आएको बताए ।

     
    ‘नीति तथा कार्यक्रममा पनि आएको छु, प्रधानमन्त्रीले भाषण गर्दै हिँड्नु भएको छ र तपाईको बजेटमा पनि आएको छ’, उनले अगाडि भने, ‘चुरे नछुनुहोला, चुरे छुनुभयो भने देशमा आगो बल्छ ।’
    प्राकृतिक संशाधन बेचेर देश कहिल्यै धनी नहुने र चुरेको ढुंगामाटो निर्यात गरेर मुलुकको खर्च टार्न नसकिने उनले बताए ।

     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend