नेपाल अब सुरुङ युगमा जानुपर्छः स्वर्णिम वाग्ले

images
  • 283
    SHARES
  • जेठ २७, २०८० शनिबार
    नेपाल अब सुरुङ युगमा जानुपर्छः स्वर्णिम वाग्ले
    images

    काठमाडौं,जेठ २७

    प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेले अब सुरुङ युगमा जानु पर्ने बताएका छन् । आज बिहान नागढुंगा सुरुङ मार्ग निर्माणको अवलोकन गर्न पुगेका सांसद वाग्लेले आर्थिक समृद्धिका लागि सुरुङ मार्गले सहयोग पुर्‍याउने भएकोले यसको महत्व भएको बताए । यो आयोजना महत्वपूर्ण आयोजना भएको उनको भनाइ छ । यसले समयको बचत र ध्वनी प्रदूषण पनि कम हुने बताए बताउँदै अब टनेल टेक्नोलोजीमा जानुपर्ने बताए ।

     
    सुरुङ मार्गले दूरी घट्ने हुँदा इन्धनको बचत हुने उनले बताए । नागढुंगा सुरुङ मार्ग पाइलट प्रोजेक्टको रुपमै रहेको बताउँदै उनले यसबाट शिक्षा लिनु पर्ने बताए । यो मार्गको निर्माण समयमै सम्पन गर्न आफूहरूले भूमिका खेल्ने उनले बताए । सांसद वाग्ले रास्वपाका सभापति रवि लामिछानेसहित सुरुङ मार्गको अवलोकन गर्न पुगेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend