प्रेस चाैतारी चितवनको भवन निर्माणमा एमाले युवा नेता रेग्मीले गरे अार्थिक सहयोग

images
  • 287
    SHARES
  • जेठ ३२, २०८० बिहीबार
    प्रेस चाैतारी चितवनको भवन निर्माणमा एमाले युवा नेता रेग्मीले गरे अार्थिक सहयोग
    images
     ३२, जेठ,
    चितवन चितवनको भरतपुर ११ बसेनीमा निर्माण भैरहेको प्रेस चाैतारी चितवनको भवनलाई एमाले युवा नेता ऋषिकेश रेग्मीले अार्थिक सहयोग गरेका छन् । प्रेस चाैतारीकाे देशकै पहिलो निर्माणाधीन भवनलाई एमाले नेता रेग्मीले नगद १५ हजार अार्थिक सहयोग गरेका हुन् ।
     
    श्रमजीवी पत्रकारहरूकाे सबैभन्दा ठूलो संगठन प्रेस चाैतारीकाे भवन निर्माण हुँदै गरेकोमा पत्रकारहरूलाई उर्जा र हाैसला थप्न अाफ्नाेतर्फबाट सक्दाे सहयोग गर्ने नेता रेग्मीले प्रतिवद्दता ब्यक्त गरे । उनले भवन निर्माणमा सबैले अाअाफ्नाे ठाउँबाट सकेको सानाे/ठुलो सहयोग गर्न सबैलाई अपिल गरे । चाैतारीकाे देशकै पहिलो भवन भएकोले देशभरका चाैतारीमा अावद्व पत्रकारहौले सहयोग गर्ने विश्वास लिएको उनको भनाई छ ।
     
    प्रेस चाैतारी चितवनका अध्यक्ष सुवास पण्डितले भवन निर्माणकाे कार्य तीब्र गतिमा अगाडि बढेकाे भन्दै सबैकाे साझा प्रयास, सहयोग र प्रयत्नबाट भवनलाई पूर्णता दिने बताए । अध्यक्ष पण्डितले भवन निर्माणमा अार्थिक सहयोग गर्ने एमाले युवा नेता रेग्मीलाई संगठनको तर्फबाट धन्यवाद दिँदै सबैको सहयोगकाे अपेक्षा गरिएको बताए ।
     
    समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा प्रेस चाैतारी चितवनले भवन बनाइरहेकाे छ । भवनको माथिल्लो डीपीसी सकेर पिलरकाे काम भैरहेको छ । असार दाेस्राे हप्तासम्म ढलान गर्ने याेजना रहेको चाैतारी चितवनका अध्यक्ष पण्डितले जानकारी दिए ।
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend