'आदिपुरुष' काे संवाद नसच्याए महानगरभित्र हिन्दी फ्लिम चल्न नदिने बालेन्द्र शाहकाे चेतावनी

images
  • 224
    SHARES
  • जेठ ३२, २०८० बिहीबार
    'आदिपुरुष' काे संवाद नसच्याए महानगरभित्र हिन्दी फ्लिम चल्न नदिने बालेन्द्र शाहकाे चेतावनी
    images

    काठमाण्डाै 

    काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरभित्र कुनै पनि हिन्दी फ्लिम चल्न नदिने चेतावनी दिनुभएकाे छ ।

    मेयर शाहले दक्षिण भारतीय फिल्म 'आदिपुरुष' मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म काठमाडौ महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिनुभएकाे हाे । उहाँले फेसबुकमा लेख्नुभएकाे छ, ‘दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाण्डाै महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।’ 

    मेयर शाहले 'आदिपुरुष' मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द सच्याउन तीन दिनकाे समय दिनुभएकाे छ ।

     

    अन्तिम अपडेट: जेठ ३२, २०८०

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend