बाढीका कारण ताप्लेजुङको थुङगिम बस्ती जोखिममा

images
  • 231
    SHARES
  • आषाढ १, २०८० शुक्रबार
    बाढीका कारण ताप्लेजुङको थुङगिम बस्ती जोखिममा
    images

    ताप्लेजुङ 

    बुधबार बेलुकादेखिको वर्षा र काबेली नदीमा आएको बाढीले ताप्लेजुङको सिरिजंगा गाउँपालिका-८ याम्फुदिनको थुङगिम बस्ती जोखिममा परेको छ ।

    काबेली नदीमा आएको बाढीले जगतबहादुर राईको घर पुरेको छ भने कञ्चनजंघा माध्यमिक विद्यालय, याम्फुदिन प्रहरी चौकी, कञ्चनजंघा संरक्षण क्षेत्र, स्वास्थ्य चौकिको भवन जोखिममा परेका छन् ।

    विद्यालय र प्रहरी चौकी नजिकै खोलाले कटान गरिरहेकोले बिहानदेखि स्थानीयले विद्यालयको सामान सारिरहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सदस्य सचिव मनकुमार राईले बताए ।

    थुङगिम बस्ती क्षेत्रमा रहेका तारामान गुरुङ, अशोक गुरुङ, मणिकुमार राई, तार्सदिप गुरुङ, रामकुमार राई, सोमबहादुर राईका घर जोखिममा रहेको स्थानीयले बताएका छन् ।

    बिहीबार बेलुका यो क्षेत्रमा सामान्य वर्षा भए पनि राति १० बजेको समयमा खोलामा आएको बाढीले क्षति पुर्‍याएको परिषद् सदस्य राईले जानकारी दिए । बाढीले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुल भत्काएको हो । गत जेठ महिनामा उद्घाटन गरिएको पुलको एकापट्टिको पिलरसहितको भाग भत्काएको हो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend