योगेशकुमार भट्टराई : मधेसका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत

images
  • 135
    SHARES
  • आषाढ १, २०८० शुक्रबार
    योगेशकुमार भट्टराई  : मधेसका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत
    images

    काठमाडौं 

    नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईले मधेसका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत दिएको बताएका छन । एमालेले मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी दिएपछि पहिलो पटक जनकपुरधाम पुगेका एमाले सचिव भट्टराईले शंकाको सुविधाकै आधारामा एमालेले मधेस सरकारलाई विश्वासको मत दिएको बताए ।

    मधेस सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा मानवीय सूचकांकमा सबैभन्दा पछाडी परेको प्रदेश रहेकाले विकासको खाँचो रहेको बताए । सचिव भट्टराईले प्रदेशको विकासका लागि कोही पनि बिरोधी बन्नु नहुने बताए । उनले एमालेबाट पदेश विकासमा कुनै बिरोध नहुने स्पष्ट पारे ।

    फरक प्रसंगमा भट्टराईले सरकारले केही व्यापारिक घरानाको ईशारामा बजेट ल्याइएको आरोप लगाए । केही पुँजीपतिहरुलाई फाइदा पुर्याउनकै लागि राजश्व र करको दायरामा हेरफेर गरिएको भट्टराईको आरोप थियो ।

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend