असार १०
चितवनको इच्छाकामना गाँउपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ । इच्छाकामना गाँउपालिका ७ को गर्दास र स्याङदी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो । गाँउपालिका अध्यक्ष दानबहादुर गुरुङले शनिवार श्रमदान गरेर पुल निर्माणको काम शुभारम्भ गर्नुभयो । उहाँले गाँउघरमा श्रमदान गरेर विकास निर्माणका काम गर्ने परम्परा हराउन थालेको भन्दै पालिकाले श्रमदानमा जुट्न स्थानीयलाई प्रोत्साहन गरेको बताउनुभयो । उहाँले श्रमदानका लागि जनप्रतिनिधि,कर्मचारी र स्थानिय वासिन्दालाई आब्हान गरिएको जानकारी दिनुभयो ।



