अर्थमन्त्री महत : बजेट संशोधन नभइ पास हुन्छ

images
  • 121
    SHARES
  • आषाढ ११, २०८० सोमबार
    अर्थमन्त्री महत : बजेट संशोधन नभइ पास हुन्छ
    images

    काठमाडौं 

    अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट संशोधन नभइकन पास हुने दाबी गरेका छन ।

    सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए । उनले बजेट असार १३ गते कुनैपनि संशोधन बिना पास हुने बताए । उनले आफूले बजेट ल्याउँदा सिमित श्रोत, साधनलाई मध्यनजर गरेर ल्याएको भन्दै उहाँले आजको वास्तविकतामा बजेट आएको बताए।

     

    उनले बजेटमा समानता भएन भन्ने सांसदहरुको भनाइ आफूले मागेअनुसारको नआएको भन्नेमा मात्रै सिमित रहेको बताए । उनले बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने पनि बताए । मन्त्री महतले बजेट ल्याउनुपूर्व नै धेरै छलफल गरेर ल्याइएको भन्दै विधि भित्र रहेर पास हुने बताए । 

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend