आज भरतपुर महानगरपालिकाका २९ वटै वडा कार्यालय बन्द

images
  • 228
    SHARES
  • आषाढ १२, २०८० मंगलबार
    आज भरतपुर महानगरपालिकाका  २९ वटै वडा कार्यालय बन्द
    images

    चितवन, असार १२

    आज भरतपुर महानगरपालिकाका २९ वटै वडा कार्यालयहरु बन्द गरिएको छ । महानगरको १३औँ नगरसभाका कारण वडा कार्यालयहरु बन्द गरिएको हो । महानगरपालिकाको कार्यालयबाट दिइने अत्यावश्यक बाहेकका सेवाहरु पनि प्रभावित हुने महानगरपालिकाले जनाएको छ ।

     
    महानगरको नगरसभा आज सम्पन्न हुँदै छ । ‘मंगलबारका दिन नगर कार्यपालिकाको कार्यालयबाट सम्पादन हुने अत्यावश्यक बाहेकका सेवा प्रभावित हुने र वडा कार्यालयहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि आदेशानुसार सूचना प्रकाशित गरिएको छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ’, महानगरको सूचनामा भनिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend