बोतल प्रहार युवकले गायक प्रकाश सतुपसँग मागे माफी

images
  • 155
    SHARES
  • आषाढ १२, २०८० मंगलबार
    बोतल प्रहार  युवकले गायक प्रकाश सतुपसँग मागे माफी
    images

    १२ असार, 

    गायक प्रकाश सतुपमाथि बियरको बोटलले प्रहार गर्ने युवकले माफी मागेका छन् ।

    रोमानियामा भएको कार्यक्रममा गीत गाइरहेका बेला सपुतमाथि एक युवकले बियरको बोटल प्रहार गरेका थिए । बोटल उनको अनुहारमा लागेको थियो ।

    घटनापछि आयोजकले प्रहरीमा उजुरी समेत गरेको थियो । तर गायक प्रकाश सपुत आफैंले बोटल प्रहार गर्ने युवकलाई बोलाएर माफी दिने बताएका थिए ।

    ‘प्रहरीमा बस्नु नपरोस्, नेपाल फर्किनु नपरोस्,’ आक्रमण गर्ने युवकलाई मदिरा सवेन गरेर यस्ता काम नगर्न आग्रह गर्दै उनले भनेका छन् ।

    उनले आयोजकलाई पनि युवकलाई नेपालमा फर्काउने लगायतका कुनै पनि काम नगर्न आग्रह गरे । आयोजकले पनि उजुरी फिर्ता लिने बताएको छ ।

    बोटल प्रहार गर्ने युवकले पनि गायक प्रकाश सपुतलाई भेटेर माफी मागेका छन् । उनले हात जोडेर भनेका छन्, ‘रमाइलो गर्दा गर्दै गल्ती गरेँ । म माफी चाहन्छु ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend