तनहुँ,
देवघाट गाउँपालिकाद्वारा देवघाटका मुख्य चार वटा नाकामा ८ वटा सिसि क्यामेरा जडान गरिएको छ । देवघाट गाउँपालिका वडा नम्बर ५ को मुख्य बजार क्षेत्र एवं मठमन्दिर रहेको क्षेत्रको सुरक्षा व्यवस्थालाई कडाई गर्न र चोरी तथा अन्य अपराधिक घटना नियन्त्रणकोलागि मुख्य नाकाहरुमा सिसि क्यामेरा जडान गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए छन् ।
मंगलबार देवघाट जोड्ने त्रिशुली नदीको झोलुङ्गे पुलको मुखमा २ वटा, दासढुङ्गाको मोटरेवल पुलमा २ वटा, जुगेडीको झोलुङ्गे पुलमा २ वटा र हर्दिको मोटरेवल पुल र साँढेबगर जाने नाकामा नेछेन थार्वालिङ्ग बौद्ध गुम्बामा दुई वटा गरि ८ वटा सिसि क्यामेरा जडान गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष पुर्णबहादुर कुँवरले बताए ।
४ लाख ५९ हजार ५ सय रुपैयाँको लागतमा उक्त सिसि क्यामेरा जडान गरिएको वडा अध्यक्ष कुवँरले बताए ।उक्त क्यामेराको मुख्य कन्ट्रोल देवघाट गाउँपालिकामा रहेको छ ।



