रत्ननगर
रत्ननगर नगरपालिका वडा नं—१६ ले तीन भजन समूहलाई दुई/दुई वटा मादल, बाँसुरी, खैँचडी, मुजुरा र करताल गरी ७५ हजार रुपैयाँबराबरको भजन सामग्री वितरण गरेको छ ।
वडा कार्यालयले भद्रकाली भजन समूह, वनदेवी भजन समूह र जौबारी सेवा केन्द्र भजन समूहलाई भजन सामग्री वितरण गरिएको र बाँकी दुई समूहलाई छिट्टै हस्तान्तरण गरिने वडा सचिव जयन्ती रानाभाटले जानकारी दिइन् ।
धर्म र संस्कृतिको जगेर्ना गर्नको लागि वडाले वितरण गरेको भजन सामग्रीको भरपूर उपयोग गर्ने देव रानामगरले बताए ।
कार्यक्रम रत्ननगर—१६ का वडाध्यक्ष हेमराज थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।



