मेलमिलापसम्बन्धी एकदिने कानुनी सचेतना

images
  • 151
    SHARES
  • आषाढ १३, २०८० बुधबार
    मेलमिलापसम्बन्धी एकदिने कानुनी सचेतना
    images

    रत्ननगर—१६ मा न्यायिक निरुपण तथा मेलमिलापसम्बन्धी एकदिने कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    सामाजिक न्यायमा ऐक्यबद्धता जनाउनुपर्ने विषयलाई लिएर एकदिने छलफल तथा कानुनी सचेतना कार्यक्रम गरिएको वडाध्यक्ष हेमराज थापाले बताए । उनले आफ्नो हकअधिकारको विषयमा व्यक्ति स्वयंले जान्नुपर्ने र छरछिमेकमा भए/गरेका घटनाबारे कानुनी बाधा अडेचन रहे वडाले सहयोग गर्ने बताए ।

    सुशासन विकास प्रतिष्ठानका मेलमिलाप विज्ञ कविता अधिकारीले टोलसमाजमा घटेका घटनाहरुको कानुनी उपचार कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएकी थिइन् ।

    वडा कार्यालयमा सम्पन्न कार्यक्रममा टोल विकास संस्थाहरुका पदाधिकारी, समाजसेवी, क्लबका सदस्यहरुको सहभागिता रहेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend