रास्वपाका अध्यक्ष रविले माछा र केरा आयातमा प्रतिबन्ध लगाउन खोजे ओलीको साथ

images
  • 106
    SHARES
  • आषाढ १५, २०८० शुक्रबार
    रास्वपाका अध्यक्ष  रविले माछा र केरा आयातमा प्रतिबन्ध लगाउन खोजे ओलीको साथ
    images

     असार १५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग केरा र माछा आयातमा रोक लगाउनु साथ मागेका छन् ।

     
    हिजो भरतपुर विमानस्थलमा भएको भेटघाटमा रविले आन्तरिक उत्पादनको बजार उपभोग सुनिश्चित गर्न केरा र माछा आयातमा रोक लगाउनु पर्ने बताउँदै अध्यक्ष ओलीको साथ खोजेका हुन् ।
    ‘स्वदेशी कृषकको उत्पादन रक्षाका लागि माछा र केरामा आयात प्रतिबन्ध लगाउन आवश्यक भइसकेको छ,’ लामिछानेले ओलीलाई भने । जवाफमा ओलीले हुन्छ भन्ने जवाफ फर्काए । सँगै रहेकी ओली पत्नी राधिकाले रविको कुरामा सही थाप्दै अण्डा आयातमा पनि रोक लगाउनु पर्ने प्रस्ताव गरिन । जवाफमा रविले भने, ‘पहिले माछा र केरामा प्रतिबन्ध लगाउँ बिस्तारै अन्य वस्तुमा पनि लगाउँदै जाने हो ।’
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend