अर्थमन्त्री महत : सत्ता गठबन्धन फेर्ने कुरा हल्ला मात्रै

images
  • 112
    SHARES
  • आषाढ १६, २०८० शनिबार
    अर्थमन्त्री महत : सत्ता गठबन्धन फेर्ने कुरा हल्ला मात्रै
    images

    अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता गठबन्धन फेर्ने कुरा हल्ला मात्रै भएको बताउनुभएकाे छ । प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले गठबन्धन फेर्ने कुरा अफवाह मात्र भएको बताउनुभएकाे हाे । 

    उहाँले संसदमा सबै दलका नेताहरु भेट हुने र छलफल गर्नु सामान्य भएको बताउनुभयाे । गठबन्धन फेर्ने भन्ने कुरा सबै अफवाह र भ्रम भएकाे भन्दै सत्ता गठबन्धन निश्चित लक्ष लिएर अगाडि बढेको उहाँकाे भनाइ छ।

    मन्त्री महतले नयाँ बजेटले देशको अर्थतन्त्र फरक उचाइमा पुग्ने बताउनुभयाे । अहिले वैदेशिक मुद्राको सञ्चिति धेरै भएको, पर्यटन फस्टाउन थालेको भन्दै नयाँ बजेटले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयाे । तर पुँजीगत बजेट साँघुरिँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयाे । यस्तै आगामी वर्ष आन्तरिक आम्दानी बढाउने र वैदेशिक लगानी परिचालनमा जोड दिने उहाँकाे भनाइ छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend