असार १८
नेपाल प्रहरीका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत महिलालाई ‘तिम्रो फिगरको फ्यान हुँ’ भन्दै म्यासेज लेखेको विवरण सार्वजनिक भएको छ । पीडितले सामाजिक सञ्जाल ट्वीटरमार्फत जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी निरीक्षक सुवास तिम्सिनाले गरेको म्यासेज कुराकानीको स्क्रिनसट सार्वजनिक गर्दै भनेकी छन्, ‘सुरक्षा सेवक भएर उनले महिलामा असुरक्षा पैदा गरिरहेका छन्, नेपाल प्रहरीको शक्तिमार्फत ।’
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी अजय केसीले घटनाबारे जानकारी पाएलगत्तै छानबिन समिति गठन गरिएको बताए ।
आरोपी तिम्सिनाले चाहिँ सार्वजनिक स्क्रीन सटमा देखिएको आईडी आफूले चलाउने नगरेको जिकिर गरेका छन् ।



