असार २०
आज नारायणी नदी सहित देशका विभिन्न नदीहरुमा बाढीको जोखिम उच्च छ । बाढी पूर्वानुमान् महाशाखाका अनुसार नारायणी, कोशी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती र यी नदीका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने सम्भावना छ ।
त्यस्तै रसुव, काभ्रेपलाञ्चोक, ललितपुर, नुवाकोट, गोरखा, लमजुङ, कास्की, पाल्पा, स्याङ्जा, डोटी र आसपास भइ बहने नदीहरूमा पनि बहाब बढ्न सक्ने महाशाखाले जनाएको छ।



