तनहुँ :असार २०
देवघाट गाउँपालिकाद्वारा कृषकलाई फलफुलको बिरुवा वितरण गरिएको छ । गत सोमबारदेखि पालिकाले ५० प्रतिशत अनुदानमा बाह्र हजार छ सय पचास वटा बिरुवा वितरण गरिएको हो । जसमा आँप १३ सय,लिचि ५ हजार ८ सय पचास,सुन्तला कलमी २९ सय, कागती कलमी १८ सय,कागती बिज्र ८ सय वितरण गरिएको देवघाट गाउँपालिका कृषि शाखा प्रमुख बल बहादुर सिकर्मीले बताए ।

शाखा प्रमुख सिकर्मीले पालिकाको कृषि शाखाका आ.व २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५०% अनुदानमा बर्षे फलफुलका बिरूवाहरू (आँप,लिचि,सुन्तला,कागती ) फलफुल बिरुवा गाउँपालिकामा सुचिकृत भएका फलफुल नर्सरी फर्म /कम्पनीहरुलाई मात्र विरुवा वितरण गरिएको जानकारी समेत दिए । उक्त बिरुवा पालिकाले प्रतेक वडामा पुर्याउने व्यवस्था समेत गरेका थिए ।

सो बिरुवा वितरण गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले कृषकहरूलाई प्राथमिकता दिनुका साथै कृषि क्षेत्रबाट देवघाट गाउँपालिकालाई प्रवर्द्धन गरि आत्मनिर्भर गर्ने उद्देशले बिरुवा वितरण गरिएको बताए । साथै देवघाट गाउँपालिकाले कृषिमा आत्म निर्भर बनाउन कृषकहरुलाई प्रोत्साहन स्वरुप धेरै तालीम कार्यक्रम समेत गरेको थापाले बताए ।




