घुस रकमसहित एक इन्जिनियर पक्राउ

images
  • 180
    SHARES
  • आषाढ २०, २०८० बुधबार
    घुस रकमसहित एक इन्जिनियर पक्राउ
    images

    ४५ हजार घुस रकमसहित एक इन्जिनियर पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले इन्जिनियर अरविन्द कुमार यादवलाई घुससहित पक्राउ गरेको हो।

    रुपन्देहीको टोटहिमाई गाउँपालिका–७ को सडकको पिसिसि र ग्राभेलको नाप जाँचको भुक्तानी प्रयोजनका लागि इन्जिनियर यादवले ४५ हजार घुस लिएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले यादवलाई पक्राउ गरेको आयोगले जनाएको छ । यादवबारे थप अनुसन्धान भइरहेको आयोगको भनाई छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend