घर भत्किँदा देवघाटमा एक जना घाइते

images
  • 377
    SHARES
  • आषाढ २१, २०८० बिहीबार
    घर भत्किँदा देवघाटमा एक जना घाइते
    images

     करिस्मा गुरुङ तनहुँ देवघाट 

    देवघाट गाउँपालिका वडा नं.३ ढकिया टोल, ल्हुङ्ग्रीङमा घर भत्किँदा एक जना घाइते भएका छन् । राति सुतिरहेको अवस्थामा घर भत्किँदा घरधनी ७० वर्षीय खेमबहादुर चुमीमगर घाइते भएका हुन् ।

    खरको छानो र ढुङ्गा माटोले बनाएको घर भत्किँदा मगरको ढाड र खुट्टामा चोट लागेको छ । घरले च्यापेर घाइते भएका उनी अहिले घरायसी उपचारको भरमा बसिरहेका छन् । उपचारको लागि स्थानीयले अस्पताल लैजाने प्रयास गरे पनि खेमबहादुर आफैँ उपचार गर्न जान नमानेपछि स्थानीय जडिबुटी खाएर बसिरहेका छन् ।

    आर्थिक अवस्था पनि कमजोर रहेको हुँदा उपचारमा पनि समस्या देखिएको स्थानीयसमेत रहेका देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीम रानामगरले जानकारी दिए । उनका अनुसार बुधबार राति मुसलधारे पानी परेपछि घरको आगनतर्फको गारो भत्किँदा घरमा सुतिरहेका मगर घाइते भएका हुन् । खरको छानो चुहिएर गारो भिजेपछि भत्किएको स्थानीयले बताएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend