एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक आइतबार सम्मका लागि स्थगित

images
  • 129
    SHARES
  • आषाढ २२, २०८० शुक्रबार
    एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक आइतबार सम्मका लागि स्थगित
    images

     प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । 

    शुक्रबार बैठक सुरु भएलगत्तै एमालेले अवरुद्ध गरेको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बस्न आग्रह गर्दा पनि एमाले सांसदले उठेर विरोध जनाएका थिए । 

    त्यसलगत्तै अध्यक्ष तिमल्सिनाले बैठक आइतबार ११ बजेर ३१ मिनेट सम्मका लागि स्थगित गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend