मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध

images
  • 155
    SHARES
  • आषाढ २३, २०८० शनिबार
    मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध
    images

     चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ कालिखोलामा पहिरो खसेको छ । हामीलाई प्राप्त खबर अनुसार पहिरो भर्खरै करिब सवा ४ बजेतिर खसेको हो ।

    पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रुपमा दुईतर्फी अवरुद्ध भएको सडक सुपरभाईजर इश्वर क्षेत्रीले जानकारी दिएको छ । उनका अनुसार अहिले २ वटा मेसिन प्रयोग गरी पहिरो पन्छाउने कार्य भैरहेको भएपनि पहिरो ठुलो भएको र झर्ने क्रम नरोकिएकोले पहिरो हटाई राजमार्ग सूचारु गराउन ५–६ घण्टासम्म लाग्ने अनुमान गरिएको छ ।

    पहिरोले स्थानीयको २ वटा घरमा समेत क्षति पुर्‍याएको खबर छ । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend