असार २४
रक स्टार गायक रोविन तामाङको अन्तिम गीत ‘धुवा’ सार्वजनिक भएको छ । निर्देशक तथा सम्पादक निरञ्जन पाण्डेले यो गीत फिल्मका लागि तयार पारेका थिए । तर, रोविन तामाङको असामयिक निधन भएपछि उनलाई नै अन्तिम श्रद्धाञ्जली दिँदै यो गीत सार्वजनिक गरेको हो ।
नेपाली गीतसंगीत र अभिनयको क्षेत्रमा उल्लेखनीय योगदान दिएका तामाङले केही दिन अगाडि निधन भएको थियो र आज उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै अन्तिम संस्कार गरिएको छ ।



