असार २४-
भारतको जम्मु-कश्मिरमा बाढीमा बगेर दुई सैनिकको मृत्यु भएको छ।
बिबिसी हिन्दीका अनुसार शनिबार जम्मु-कश्मिरको पुन्च क्षेत्रमा गस्तीमा गएका सैनिकहरू एउटा नदी तर्ने क्रममा बगेका थिए।
जम्मु-कश्मिरमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। त्यहाँका धेरै सडक अवरूद्ध भएका छन् भने स्थानीय नदीको बहाव निकै बढेको छ।
भारतको मौसम विभागले अझै केही दिन उत्तर पश्चिमी भारतमा भारी वर्षाको चेतावनी दिएको छ।



