काठमाण्डौमा महिलाहरूको सुनको सिक्री लुट्ने गिरोह पक्राउ

images
  • 189
    SHARES
  • आषाढ २४, २०८० आइतबार
    काठमाण्डौमा महिलाहरूको सुनको सिक्री लुट्ने गिरोह पक्राउ
    images

    काठमाण्डौमा महिलाहरूको सुनको सिक्री लुट्ने गिरोह पक्राउ परेको छ ।

    'मर्निङ वाक' मा निस्किने महिलाहरूलाई सुनियोजित ढङ्गले पछ्याएर सिक्री लुट्ने पाँच जनाको गिरोहलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनीहरूले २० दिनमा आठ जना महिलाको सिक्री लुटेका कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो ।

    पक्राउ पर्नेमा लुटपाटका मुख्य योजनाकार काभ्रेको पाँचखाल नगरपालिका–७ घर भएका उमेश क्षेत्री, चोरी गर्ने रामेछापको लिखु गाउँपालिका–१ का रवीन दमाई, सुनसरीको धरानका रवि विक, धनकुटाका राहुल माझी र चोरीको सुन खरिद गर्ने भारतको पश्चिम बङ्गालका श्रीकान्त मैती रहेका छन् । उनीहरूले चोरीको मोटरसाइकल प्रयोग गरेर 'मर्निङ वाक' मा हिँडिरहेका महिलाहरूको सिक्री लुट्दै आएका थिए ।

    यही असारको १ गते कपुरधारा र टोखामा दुई जना महिलाको सिक्री लुटेका उनीहरूले २० गतेसम्म आठ जनाकाे सिक्री लुटिसकेका थिए ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend