आज विहान उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

images
  • 99
    SHARES
  • आषाढ २६, २०८० मंगलबार
    आज विहान उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन
    images

    असार २६-

    सोलुखुम्बुबाट काठमाडौँका लागि आज विहान उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको हो ।
    “मनाङ् एयरको हेलिकोप्टर सम्पर्कबिहीन रहेको जानकारी आएको छ, टावरसँग सम्पर्क भएको छैन, लामजुरा पाससम्म आइपुग्दा हेलिकोप्टरसँग भाइबरमा ‘हेल्लो’ मात्रै सन्देश आएको जानकारी आएको छ, खोजी जारी छ”, उहाँले भन्नुभयो । रासस
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend