सोलुखुम्बुको लामाजुरामा मनाङ एयरको हेलिकप्टर दुर्घटना, विस्तृत विवरण आउन बाँकी

images
  • 305
    SHARES
  • आषाढ २६, २०८० मंगलबार
    सोलुखुम्बुको लामाजुरामा मनाङ एयरको हेलिकप्टर दुर्घटना, विस्तृत विवरण आउन बाँकी
    images

    सोलुखुम्बुको लामाजुरामा मनाङ एयरको हेलिकप्टर दुर्घटना, विस्तृत विवरण आउन बाँकी
    २६ असार सोलुखुम्बू । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएको छ ।

    हेलिकप्टरमा पाइटल चेतबहादुर गुरुङसहित ५ जना मेक्सिकन नागरिक सवार छन् । नाइन एन एमभी कलसाइन रहेको हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले जानकारी दिनुभयो ।

    लुक्ला विमानस्थलमा मौसम खराब भएकाले काठमाडौंबाट गएको हेलिकप्टर सुर्केमा अवतरण गरिएको थियो । यात्रुलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको थियो ।

    हेलिकप्टर दूधकुण्ड नगरपालिका र लिखु पिके गाउँपालिकाको सीमास्थित लामाजुरा क्षेत्रसम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको थियो । प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ । थप विवरण आउन बाँकी छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend