माओवादी केन्द्रले भन्यो-पार्टीको अभिभावक गुमायौं

images
  • 82
    SHARES
  • आषाढ २७, २०८० बुधबार
    माओवादी केन्द्रले भन्यो-पार्टीको अभिभावक गुमायौं
    images

     असार २७

    नेकपा माओवादी केन्द्रले सल्लाहकार सीता दाहालको निधनले पार्टीले अभिभावक गुमाएको बताएको छ। माओवादी केन्द्रका महासचिव देव गुरुङले आज शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको छ । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्‍याउनु भएको छ ।’

     
    वक्तव्यमा थप लेखिएको छ, ‘सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेृतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित सम्पूर्ण उहाँका विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत् चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ ।’
    प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको आज बिहान ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।

     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend