असार २७
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गरेको छ ।
रास्वपा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाल शोक वक्तव्य जारी गर्दै सीता दाहालको निधनले आफूहरूलाई मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका छन् । ६९ वर्षीय दाहालको उपचारका क्रममा बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।



