देवघाटमा स्वच्छ कालिगन्डकी अभियान अन्तर्गत बृक्षारोपण,सरसफाई र एक दिने गोष्ठी सम्पन्न

images
  • 195
    SHARES
  • आषाढ २८, २०८० बिहीबार
    देवघाटमा स्वच्छ कालिगन्डकी अभियान अन्तर्गत बृक्षारोपण,सरसफाई र एक दिने गोष्ठी सम्पन्न
    images

     देवघाट,असार २८

    तनहुँको देवघाटमा स्वच्छ कालीगण्डकी विशेष अभियान अन्तर्गत आज देवघाट–५ टाउनचोक गलेश्वर मार्गतर्फ बृक्षारोपण र गलेश्वर मार्गदेखि वेणी संगमसम्म सरसफाई गरिएको छ । बिहिन बिहान भू–तथा जलाधार व्यवस्थापन कार्यालय दमौलीको आयोजना,देवघाट गाउँपालिकाको समन्वय र गलेश्वर आश्रम देवघाटधामको सहयोगमा कालिगण्डकी विशेष अभियान सम्बन्धि सरसफाइ,वृक्षारोपण तथा एक दिने गोष्ठी गरिएको हो ।

    358643947_261433783189910_5310609577807597722_n (1).jpg

    सो सरसफाइ तथा बृक्षारोपण कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा देवघाटले एउटा पर्वको रूपमा मनाउँदै आएको बोलबम मेला नजिकिँदै रहेको हुदाँ सोही पुर्व सन्ध्यामा भू- तथा जलाधार व्यवस्थापन संस्थासँग समन्वय गरि सरसफाइसँगै बृक्षारोपण कार्यक्रम गरिएको बताए । सोहि अवसरमा भू–तथा जलाधार व्यवस्थापन कार्यालय दमौली तनहुँका कार्यालय प्रमुख इन्द्रप्रसाद अधिकारीले असोक,तेजपत्ता,कपुर,पारिजात,म्याङ्गोस्टिक,श्रीखण्ड,चाप लगाएत गरि जम्मा ३५ वटा बिरुवा गलेश्वरमार्ग कालीगन्डकी जाने बाटोमा सरसफाई गरेका हुन् ।

    358645620_261433903189898_4001218341588802389_n (1).jpg

    ऐतिहासिक दामोदर कुण्डबाट देवघाटको वेणीसंगम स्थलसम्म आइपुग्दा हुने व्यवधान र अवरोधलाई सम्बन्धित प्रदेश र स्थानीय पालिकाहरुले समाधानको लागि पहल गर्नु पर्नेमा वक्ताहरुको जोड थियोे । कालिगन्डकीमा उत्खनन, अतिक्रमण,ढलनिकासको समाधान फोहोर व्यवस्थापन तथा कालीगण्डकीमा समाहित हुने सबै नदीहरुको संरक्षण बिना कालीगण्डकीको संरक्षण हुन नसक्ने गोष्ठीमा वक्ताहरुले बताए ।

    358759796_642979424189807_1829339244753951308_n (1).jpg

    सरसफाइ तथा गोष्ठी कार्यक्रममा सन्त समाज नेपालका अध्यक्ष एवं हरिहर संन्यास आश्रमका पिठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती,देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, प्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर,वडा ५ सदस्य कमला गुरूङ,याम बहादुर गुरूङ र बुद्धि बहादुर पाण्डे,सामुदायिक वन उपभोक्ता महासंघ गन्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपाने,इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख कृष्ण बहादुर बानियाँ,आश्रम तथा गुरुकुलका प्राचार्यहरु,सामुदायिक वनका अध्यक्षहरू लगाएत अन्य व्यक्तिहरूको उपस्थित रहेको थियोे । भने एकदिने गोष्ठी कार्यक्रम देवघाट गाउँपालिकाका वन वातावरण तथा विपत व्यवस्थापन शाखा प्रमुख होम बहादुर भारतीले सञ्चालन गरेका थिए ।

    360107892_204293312603928_7050639899196725400_n (1).jpg359787978_261433843189904_5924589205148588216_n (1).jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend