देवघाट असार २८
तनहुँको देवघाट गाँउपालिकाले मेरिटको आधारमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गर्ने भएको छ । पालिकाको निर्णय अनुसार हरेक वर्ष कक्षा ११ मा पास भई कक्षा १२ मा ( बि+) अंक ल्याउने एक जना विद्यार्थीलाई नगद सहित सम्मान गर्ने भएको हो।
त्यस्तै गरि यो वर्ष देवघाट गाँउपालिका वडा ३ की छात्रा उनीमाया थापालाई प्रोत्साहन स्वरुप नगद रू.पचास हजार रूपैयाँ सहित सम्मान गर्ने देवघाट गाँउपालिका अध्यक्ष तिल बहादुर थापाले बताउनुभयो। त्यस्तै गरि गाउँपालिकाले एस.ई.ई.मा "ए" जीपिए ल्याउने एक छात्रा र एक छात्रलाई समेत गत वर्षबाट प्रोत्साहन स्वरूप सम्मान गर्न गर्दै आएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
उनीमाँया थापाले वि.स. २०७८ सालको परीक्षामा देवघाटमा रहेको सामुदायिक विद्यालयतर्फ उत्कृष्ट अंक ३.२३ जिपिए प्राप्त गरेका हुन् । उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई आगामी दिनहरू पनि निरन्तर सम्मान गरिने देवघाट गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत रमेश सुवेदीले जानकारी दिनुभयो । र उत्कृष्ट विद्यार्थी सामुदायिक विद्यालय अध्ययनरत र देवघाट गाउँपालिका भित्र कै नागरिक हुनुपर्नेछ ।



