इच्छाकामना,
चितवनको इच्छाकामना २ मायाटारमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र भवनको समुद्घाटन प्रमुख अतिथि इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गर्नुभएको हो। साथै सेवा सुभारम्भ पनि सुचारु भएको छ। ८५ वर्षीय जेष्ठ नागरिक मायादेवी चेपाङको स्वास्थ्य जाँच गरि बिहिबार देखिनै स्वास्थ्य सेवाको पनि सुभारम्भ गरिएको छ । गाउँपालिकाका सबै नागरिकलाई आधारभुत स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने अभियान अन्तरगत मायाटारमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको स्थापना गरिएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।
यस सामुदायिक स्वास्थ्य इकाई केन्द्रबाट साविकको चण्डीभञ्ज्याङका ४ वटा वडा र साविकको काउलेको ५ वटा वडामा नागरिकहरु लाभान्वित हुने उहाँले बताउनुभयो । यहाँबाट जुनसुकै किसिमका न्युनतम आधारभुत स्वास्थ्य सेवा प्रदान हुने अध्यक्ष गुरुङको भनाई छ । यहाँका स्थानिय सामान्य चोटपटक लाग्दा समेत करिब २/३ घण्टा हिडेर काउले र चण्डीभञ्ज्याङ जानुपर्ने बाध्य थिए ।गाउँमै स्वास्थ्य सेवा पाउने भएपछि स्थानीयहरु खुशी भएका छन् ।
गाउँपालिका स्वास्थ्य शाखा सह-सयोजक जनस्वास्थ्य अधिकृत हरि देवकोटाका अनुसार मायाटारमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएसगैँ इच्छाकामनामा स्वास्थ्य संस्थाको संख्या १२ पुगेको छ । ५ वटा स्वास्थ्य चौकीसहित , आधारभुत स्वास्थ्य इकाई र सामुदायिक स्वास्थ्य इकाई गरि १२ वटा स्वास्थ्य संस्था रहेका छन् ।
कार्यक्रममा उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुषाल , वडा नम्बर ३ का वडाध्यक्ष तथा प्रवक्ता नर बहादुर नेपाल, वडा नम्बर ५का वडाअध्यक्ष तेज बहादुर शेरचन, वडा नमबर ७ का वडाध्यक्ष बम बहादुर थापा मगर,कार्यपालिका र वडा सदस्यहरुको आतिथ्यमा एवं स्थानीय लगायतको उपस्थितिमा रहेको थियो भने २ वडाध्यक्ष पञ्च बहादुर चेपाङ सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।



