दासढुङ्गामा बस दुर्घटना हुँदा २६ घाइते

images
  • 559
    SHARES
  • आषाढ २९, २०८० शुक्रबार
    दासढुङ्गामा बस दुर्घटना हुँदा २६ घाइते
    images

    चितवन –

    दासढुङ्गामा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेज र आठ जनाको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको छ ।

    नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–२९ दासढुङ्गामा बिहान सवा ५ बजेतिर बस दुर्घटना भएको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झापाको काँकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो । बस सडकबाट तल खसेर रुखमा अड्किएको अवस्थामा छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend