असार २९-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवरूद्ध गर्ने चेतावनी दिएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले सरकारमै रहेका केही दलको स्वार्थका कारण आज विधेयक नल्याइएको पनि बताए।
संवेदनशील विषय कार्यसूचीमा रहेकाले आज अवरूद्ध नगर्ने तर अर्को बैठकमा ल्याउन उदासीनता देखाए प्रतिवाद गर्ने बताएका छन्।



