कास्कीमा बसको ठक्करबाट दाजुको मृत्यु, भाइ गम्भीर घाइते

images
  • 105
    SHARES
  • श्रावण १, २०८० सोमबार
    कास्कीमा बसको ठक्करबाट दाजुको मृत्यु, भाइ गम्भीर घाइते
    images

    पोखरा, 

    कास्कीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पोखराबाट लमजुङ बेशीँ शहर जाँदै गरेको ग १ प ८६७६ नम्बरको बसले सोमबार कास्कीको रुपा गाउँपालिका पोल्याङमा ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय विवेक विकको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको हो ।

    लमजुङको मध्य नेपाल गाउँपालिका ६ भोर्लेटार घर भएका विकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।

    मोटरसाइकलमा सवार जितेन्द्र विक गम्भीर घाइते भएका छन् । जितेन्द्रको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ छ ।

    मृत्यु भएका विवेक र घाइते भएका जितेन्द्र दाजुभाइ हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend