जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा चार सय ७५ जना फरार प्रतिवादी पक्राउ
47
SHARES
श्रावण २, २०८० मंगलबार
साउन २-
जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा चार सय ७५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतमा दोषी ठहर भई कैद वा जरिवाना वा दुवै सजाय तोकेर सजाय भुक्तान नगरेका फरार प्रतिवादी पक्राउ परेका हुन् । फैसला कार्यान्वयनका क्रममा उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत बुझाइएको हो ।उनीहरुबाट ८० वर्ष १० महिना सात दिन कैद र रू एक करोड ३० लाख ६७ हजार जरिवाना असुल गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार फरार प्रतिवादी खोजीका लागि विशेष टोली परिचालन गरिएको थियो ।
लतले लगत कट्टा नगरेका कारण कतिपय व्यक्ति पुनः पक्राउ पर्ने गरेको प्रमुख प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । अदालतले सजाय भुक्तान गर्न बाँकी रहेका भनी दिइएका व्यक्तिहरुले सजाय भुक्तान गरेको प्रमाण दिने गरेको उहाँको भनाइ थियो ।