जीवित कोही भेटिएनन्दु,र्घटनाग्रस्त जहाज भेटेका यार्सागुम्बा सङ्कलक घर्ती भन्नुहुन्छ :

images
  • 152
    SHARES
  • जेठ १७, २०७९ मंगलबार
    जीवित कोही भेटिएनन्दु,र्घटनाग्रस्त जहाज भेटेका यार्सागुम्बा सङ्कलक घर्ती भन्नुहुन्छ :
    images

    काठमाण्डाै - 

    तारा एअरको दुर्घटनाग्रस्त जहाज फेला पारेका यार्सागुम्बा सङ्कलक विशाल घर्तीले जहाजमा रहेका कोही पनि जीवित नभेटिएको बताउनुभएको छ ।

    उज्यालोसँग कुरा गर्दै उहाँले आफूहरुले बिहान ६ बजे जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटेको र कोही जीवित छ कि भनेर हेर्दा नदेखेको बताउनुभयो 

    दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीसहितको उद्धार टोली पुगेको छ । त्यहाँ पुगेका होटल व्यवसायी इन्दुसिंह शेरचनले पनि कोही जीवित अवस्थामा नभेटिएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार गएको कात्तिक २८ गते हिमपहिरो गएको मानापाथी हिमालको फेदीमा पर्ने सानोशेरे भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend