२ जना पाइलट अनिवार्य गर्ने तयारी एउटा इन्जिन भएको हेलिकप्टरमा पनि

images
  • 243
    SHARES
  • जेठ १७, २०७९ मंगलबार
    २ जना पाइलट अनिवार्य गर्ने तयारी एउटा इन्जिन भएको हेलिकप्टरमा पनि
    images

    काठमाण्डाै –

    नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा मात्रै इन्जिन भएको हेलिकप्टरमा समेत दुई जना पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । यसका लागि प्रस्ताव तयार पारेर सात दिन भित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको प्राधिकरणले जनाएको छ ।

    fishtail_air_IHAX5i8m5u.jpg

    अहिले नेपालमा दुई वटा इन्जिन भएका हेलिकप्टर र हवाईजहाजमा मात्रै दुई जना पाइलट अनिवार्य हुनुपर्ने व्यवस्था छ । पाइलट बेहोस हुने तथा अरू स्वास्थ्य समस्याका कारण हुन सक्ने दुर्घटनालाई ख्याल गरेर दुई जना पाइलटको व्यवस्था गर्न लागेको पनि प्राधिकरणले जनाएको छ ।

    तर हेलिकप्टर व्यवसायीहरूले भने नेपालमा हेलिकप्टर पाइलट उपलब्ध गराउन कठिन हुने भएकोले यस्तो व्यवस्था कार्यान्वयन गर्न चुनौतीपूर्ण हुने बताएका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend