प्रेस चौतारीका अध्यक्ष गणेश विरूद्ध गृहमन्त्रीले गरे उजुरी

images
  • 110
    SHARES
  • श्रावण ४, २०८० बिहीबार
    प्रेस चौतारीका अध्यक्ष गणेश विरूद्ध गृहमन्त्रीले गरे उजुरी
    images

     साउन ४-

    नेकपा (एमाले)निकट पत्रकारहरूको संस्था प्रेस चौतारी, नेपालका अध्यक्ष गणेश बस्नेतविरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ।

    उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘सुन पास गराएको’ भन्दै फेसबुकमार्फत् भ्रामक प्रचार गरेकाले बस्नेतविरूद्ध उजुरी गरेको श्रेष्ठको सचिवालयले जानकारी दिएको हो।

    त्यस्तै, मंगलबार बरामद गरिएको सुनलाई जोडेर भ्रामक समाचार प्रकाशित गरेको भन्दै जनबोली डटकम (अनलाइन) विरूद्ध पनि उजुरी परेको छ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend