बबिता गुरूङलाई लायन्सको ठेला

images
  • 449
    SHARES
  • श्रावण ४, २०८० बिहीबार
    बबिता गुरूङलाई लायन्सको ठेला
    images

     भरतपुर 

    भरतपुरस्थित दूरसञ्चार रोडमा मकै पोलेर गुजारा चलाउँदै आएकी वविता गुरूङलाई लायन्स क्लब चितवन मर्सी राइजले ठेला हस्तान्तरण गरेको छ ।

    356798545_581699597232751_2082463154691059759_n.jpg

    क्लबका सदस्यहरू ओममाया तामाङ र बिजु पौडेलको सहयोगमा क्लबले बिहीबार ठेला हस्तान्तरण गरेको हो । क्लबका डिस्ट्रिक गभर्नर आरएस महतोको प्रमुख आतिथ्यतामा ठेला हस्तान्तरण गरिएको हो ।

     

    356795454_1625146844659486_1478668724103117872_n.jpg हाल वैदेशिक रोजगारमा रहेकी विजु पौडेलले बिहीबार आफ्नो जन्मदिनको अवसरमा क्लबमार्फत ठेला हस्तान्तरण गरिएको क्लबकी अध्यक्ष विनिता केसीले जानकारी दिइन् । कार्यक्रममा क्लबका विभिन्न व्यक्तिहरूको समेत उपस्थिति थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend