महिला विश्व कप फुटबलमा नाइजेरिया र क्यानडाबीचको खेल गोलरहित बराबरी

images
  • 364
    SHARES
  • श्रावण ५, २०८० शुक्रबार
    महिला विश्व कप फुटबलमा नाइजेरिया र क्यानडाबीचको खेल गोलरहित बराबरी
    images

    फिफा महिला विश्व कप फुटबलमा आज भएको पहिलो खेलमा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेलेका छन् ।

    समूह ‘बी’ मा रहेका नाइजेरिया र क्यानडाले बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

    खेलको इन्जुरीसमयमा नाइजेरियाकी मिडफिल्डर डेबोराह अबियोदुनले रातो कार्ड पाएपछि नाइजेरिया १० खेलाडीमा समेटिएको थियो । आजको दोस्रो खेलमा अहिले समूह ‘ए’ को फिलिपिन्स र स्विट्जरल्यान्ड खेलिरहेका छन्।

    त्यस्तै, आजको अर्को खेलमा समूह ‘सी’ को स्पेन र कोस्टारिकाबीच दिउँसो सवा एक बजे खेल हुनेछ ।

    हिजोदेखि शुरु भएको महिला विश्व कपमा आयोजक अस्ट्रेलिया र न्युजिल्यान्डले विजयी सुरुवात गरेका छन् । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend