जापानले जाम्बियालाई ५ गोलले हरायो : महिला विश्व कप

images
  • 133
    SHARES
  • श्रावण ६, २०८० शनिबार
    जापानले जाम्बियालाई ५ गोलले हरायो : महिला विश्व कप
    images

     फिफा महिला विश्व कप फुटबलमा जापानले जाम्बियालाई हराएको छ । न्युजिल्यान्डको ह्यामिल्टनमा भएको खेलमा जापानले जाम्बियालाई ५–० गोलले हराएको हो ।

    उसका लागि हिनाता मियाजावाले दुई गोल गरिन् । जाम्बियाकी मुसुन्डाले राताे कार्ड पाइन् । 

    मिना तानाका, जुन इन्डो र रिकाे उएकीले एक/एक गोल गरेपछि समूह 'सी' मा रहेको जापानले तीन अङ्क जोडेको छ ।  कोस्टारिका र स्पेन पनि यसै समूहमा रहेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend