भरतपुर महानगरपालिका–२ वडाको सार्वजनिक सुनुवाइ

images
  • 138
    SHARES
  • श्रावण ६, २०८० शनिबार
    भरतपुर महानगरपालिका–२ वडाको सार्वजनिक सुनुवाइ
    images

    चितवन,

    देशभरका न्यून पूंँजीकरण खर्च भईरहेका बेला भरतपुर महानगरपालिका–२ ले भने आर्थिक वर्ष ०७९\८० मा शतप्रतिशत प्रगति हासिल गर्न सफल भएको दाबी गरेको छ ।

    आज वडा परिसरमा भएको वार्षिक योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रममा बिनियोजन गरिएको सबै बजेट योजना तथा कार्यक्रममा खर्च भएको वडाले जानकारी दिएको हो ।

    कार्यक्रममा योजनाका बारेमा जानकारी दिंँदै वडाका इञ्जिनियर सन्तोष पाण्डेले वडामा गरिएका भौतिक पूर्वाधारमा वडा नम्बर २ शतप्रतिशत सफल रहेको दाबी गरे । वार्षिक योजना तथा कार्यक्रमको विवरण सुनाउंँदै उनले केही काम प्राविधिक तथा कानुनका कारण सम्पन्न हुन नसके पनि वडाले तय गरेका योजना समयमै सम्पन्न भएको बताए । वडास्तरीय तथा नगरस्तरीय योजना तथा कार्यक्रम शतप्रतिशत सकिएको बताउंँदै उनले संघस्तरीय केही योजना अधुरो भएको जानकारी दिए ।


    सुनुवाई कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधि आमा समूहका अध्यक्ष एवम् प्रतिनिधि तथा वडावासीको बाक्लो सहभागिता थियो । वडाले एकवर्षको अवधिमा उल्लेखनीय काम गरेको भन्दै वडावासीले प्रशंसा गरेका थिए ।

     

    यस्तै रामेश्वर टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र वाग्लेले वडाले तय गरेका काम समयमै पूरा भएको बताए । उनले आगामी दिनमा अधुरा योजना तथा कार्यक्रमलाई छिटै कार्यन्वयनमा लैजान सुझाव दिए । सहभागी अन्य वडावासीले छोटो अवधिमा वडामा पूर्वाधार विकास निर्माणका काम भए पनि सबै टोलमा समानुपातिक र सन्तुलित ढंंगले बजेट बिनियोजन गरी कार्यन्वयन गर्न सुझाव दिएका थिए । यसको जवाफ दिँदै वडा अध्यक्ष मनोज रानाभाटले एक वर्षमा टोल विकास संस्था र वडा वासीको चाहना र आवश्यकता अनुसार नै योजना तथा कार्यक्रम पूरा गरेको बताए । आफूले वाचा गरेका अधिकांश प्रतिबद्धता तथा योजना समयमै पूरा गर्न सफल भएको भन्दै वडा अध्यक्ष रानाभाटले स्थानीय बासीको साथ र सहयोगबाट नै सफल भएको बताए ।

    अध्यक्ष रानाभाटले पांँच वर्षको अवधिका सबै योजना तथा विकास निर्माणका काम आफूले सांँढे तीन वर्षमै सक्ने प्रतिबद्धता व्यक्त गरे । आगाी दिनमा सेवाग्राहीको काम , वडाबासीको लागि सीप तथा क्षमता बृद्धि कार्यक्रमलाई प्राथमिकतामा राखिने उनले बताए । आगामी वर्षको योजना तथा कार्यक्रममा वडालाई डिजिटल प्रणालीमा लैजाने भन्दै विभिन्न ठाउंँमा सिसिटीभी, स्मार्टलाईट जडान, हरेक घरको प्रोफाइल, जिपीआरएस प्रणालीलाई प्राथमिकतामा राखिएको बताए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend