लाखौँ दर्शकको रोजाईमा भूमिका गिरीको तिज गीत ‘उजेली जुनेली’

images
  • 191
    SHARES
  • श्रावण ७, २०८० आइतबार
    लाखौँ दर्शकको रोजाईमा भूमिका गिरीको तिज गीत ‘उजेली जुनेली’
    images

    नेपाली लोकगीत क्षेत्रकी चर्चित गायिका भूमिका गिरीको नयाँ मौलिक तिज गीत यति बेला सामाजिक सन्जालमा निकै भाइरल बनिरहेको छ । 

    आईतबार मात्रै सार्वजनिक भएको उक्त गित अहिले युट्युव, टिकटक, फेसबुक, इन्ट्राग्राम जस्ता प्लेटफार्महरुमा सर्बाधिक रुचाईएको छ । वैदेशिक रोजगारमा बसेर फर्किएकी चेली र त्यहाँ भोगेका कथाव्यथालाई ‘उजेली जुनेली’ नामक उक्त तिज गीत मार्फत देखाइएको छ । सार्वजनिक भएको केही दिनमा नै यस गीतमा सामाजिक सन्जालहरुमा लाखौँ भ्युज पुगेको छ भने दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।   

    मोडलिङ तथा गायनमा उत्कृष्ट प्रतिभा भएकी गिरी स्टेज ‘क्विन’ को रुपमा चिनिन्छिन् ।  उनलाई स्वदेश तथा विदेशमा हुने सांगितिकि कार्यक्रममा जान भ्याइ-नभ्याइ हुने गर्छ । सानै उमेरदेखि कला क्षेत्रमा लागेकी उनको दर्जनौँ गीतहरु निकै चर्चित छन् ।  

    गीतमा चर्चित गायिका गिरी सँगै सुनिता बुढा क्षेत्रीले पनि स्वर दिएकी छिन् । गीतमा नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको लय संगित रहेको छ । वैदेशिक रोजगारीका लागि जान बाध्य हुने नेपाली समाजको युवा पुस्ताको वास्तविक चित्रण भएको गीतको म्युजिक भिडियोमा स्मृति तिलिल्सीना ”गुरुआमा” ले निर्देशन र नविन घर्ती मगरले सम्पादन गरेका हुन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend