साउन ९-
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा संलग्न रहेकालाई कारबाही गरेर छाड्ने बताएका छन्। गोरखामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीकै निर्देशनमा विमानस्थलका सबै निकायलाई समन्वय गरेर अगाडि बढ्ने तयारी भएको बताए।
उनले भने, ‘सुन प्रकरणलाई हामीले गम्भीर रूपमा लिएका छौँ। त्यसैको आधारमा छलफलको आधारमा नयाँ ढंगले व्यवस्थापन गर्ने योजना बनाउँदै छौं।’ सुशासनको पक्षमा प्रधानमन्त्रीको नेतृत्वमा सरकार दृढतापूर्वक अघि बढ्ने बताए।
गठबन्धन भित्रैबाट पनि प्रयास भइरहेको भन्ने चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘हुनसक्छ। हाम्रो पार्टी नै शुद्ध हुन्छ भन्ने छैन । नेपाली कांग्रेससहितको गठबन्धन शुद्धैशुद्ध छ भन्न सकिँदैन। तर, प्रधानमन्त्रीको नेतृत्वमा भ्रष्टाचार विरोधी अभियानलाई सफल पार्छौँ।’



