९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्व कीर्तिमान

images
  • 112
    SHARES
  • श्रावण ११, २०८० बिहीबार
    ९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्व कीर्तिमान
    images

     नर्वेजियन महिला पर्वतारोही क्रिस्टिन हरिला र सङ्खुवासभाका तेन्जेन (लामा) शेर्पाले ९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्वकै सबैभन्दा छिटो आरोहणको विश्व कीर्तिमान बनाउनुभएको छ । उहाँहरुले आज पाकिस्तानको के–२ माउन्टेनको सफल आरोहण गर्नुभयो ।

    सेभेन समिट ट्रेक्सका आरोहण निर्देशक छाङ दावा शेर्पाका अनुसार क्रिस्टिन र तेन्जेनले आज बिहान साढे ११ बजे विश्वको दोस्रो अग्लो चुचुरोमा सफल आरोहण गर्नुभएको हो । योसँगै ८ हजार मिटर अग्ला सबै १४ चुचुराकाे आराेहण सबैभन्दा छिटो पूरा गर्ने आरोहीको कीर्तिमान बनेको छ । यो काम ९२ दिनमा सकिएको हो ।

    ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आराेहण ९२ दिनमा पूरा गरेको एसएसटीका प्रबन्धक थानेश्वर गुरागाईँले पनि बताउनुभयो । यसअघि निर्मल पुर्जाका नाममा रहेको ६ महिना ६ दिनको कीर्तिमान तोडिएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend